बेलडाँडी खेलकुद समितिका नवनियुक्त अध्यक्ष ठगुन्ना भन्छन् ः सबै खेललाई प्राथमिकताका साथ खेलविकासमा जोडदिने छु

बेलडाँडी,
खेलकुद समिति नुहदा आज सम्म बेलडाँडीको थलिएको खेलकुदले गति लिन सकेको थिएन् । खेलकुदमा उपलब्धिभन्दा खेलकुद क्षेत्रको राजनीतिक खिचातानीले अघिल्लो ५ बर्ष उपलब्धी विना बढी चर्चामा रह्यो ।

 

आज नियुक्ति पाएका बेलडाँडी खेलकुद समितिका अध्यक्ष नारायण सिंह ठगुन्नाले सबै खेललाई प्राथामिकताका साथ बेलडाँडी खेलकुद विकासको सवालमा डटेर काम गर्ने बताएका छन् ।

 

उहाँका अनुसार बेलडाँडीमा धेरै खेलडाँडीहरु प्लेटफार्म र व्यवस्थापन नहुदा गुम्राहमा रहेका छन् । अव आफु नेतृत्वको समितिले पालिका संग समन्वय गर्दै गाउँपालिकाभित्रबाट राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रतिस्पर्धा गर्न सक्ने योग्य खेलाडीहरु उत्पादन गर्नुका साथै राष्ट्रिय, अन्तराष्ट्रिय क्षेत्रमा समेत पालिकाको प्रतिष्ठा बढाउने । टिम, क्लब, संघसंस्था, विषयगत खेल प्रशिक्षण समिति, वडास्तरीय खेलकुद समितिहरुको व्यवस्थापन गर्ने गराउने । गाउँपालिका अन्तर्गतका शैक्षिक संस्थाहरुका खेलकुद प्रशिक्षकहरुको व्यवस्था गर्न प्रोत्साहन गर्ने । पालिका खेलकुद समिति अन्तर्गत प्रशिक्षकहरुलाई स्तरीकरण गर्ने तालिमको व्यवस्था गर्ने । खेलकुदमा महिला सहभागिता अभिवृद्धि गर्न प्रोत्साहन गर्ने ।  खेलकुद गति विधीहरुलाई संस्थागत रुपमा विकास गर्दै लैजाने । पालिकाको कला, संस्कृति र खेलकुदको विकास, प्रतिष्ठा वृद्धिमा खेलकुदको माध्यमले सहयोग पु¥याउने । स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराई देशभक्त, स्वाभिमानी, समाजप्रति उत्तरदायी, अनुशासित, परिश्रमी, नैतिकवान, जागरुक र परिवर्तन प्रति सचेत नागरिक तयार गर्ने समेत समितिले गर्ने कार्य थाल्ने ठगुन्नाले बताउनु भयो ।

केहि दिन भित्र पालिका स्तरको समितिलाई पुर्णता दिने वहाँले बताउनु भयो । आज नियुक्ति लिएको छु पालिका अध्यक्ष ज्यू संग बसेर समितिलाई पुर्णता दिने विषमा छलफल गर्ने बताए ।

अध्यक्ष ठगुन्नाले समुदाय विकासमा धेरै योगदान पुर्याउदै आएका छन् । सशस्त्र प्रहरी निरीक्षकबाट अवकास आएका उनी बेलडाँडी खेलकुद विकासको सवालमा धेरै पहिले देखि चासो राख्दै आएका थिए । उनी अध्यक्ष भएपछि बेलडाँडीका आम नागरिकहरु हर्षित हुदै खेलक्षेत्रमा विकास हुने अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित