बेलौरीमा बालिकाले अवैध गर्भधारणबाट बच्चा जन्माईन

301
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको बेलौरीमा एक बालिकाले अवैध गर्भधारणबाट बच्चा जन्माईएकी छिन ।

अविवाहित अन्दाजी १५ बर्षिया बालिकाले बच्चा जन्माएकी हुन विद्यालय उमेरकी उक्त बालिकाले शुक्रबार अकस्मात बच्चा जन्माएपछि स्थानीय चर्कित भएका छन ।

आमा र बच्चालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलौरीले सोधपुछ गरिरहेको छ । उक्त घटनाको अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
बच्चा कसको हो भन्ने बारे सुक्ष्म अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रमुख श्याम प्रसाद चौधरीले बताए ।

‘अनुसन्धान जारी छ कानुनले कसैलाई छोड्दैन, ‘उनले भने, ‘उक्त बालिकाले ९ महिना सम्म अबैध गर्भधारण गरेर छोरा जन्माएको रहस्य खुलेको छ ।’

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार