हिउँदे झरीका कारण जनजीवन प्रभावित, खरखडाईमा जानेलाई समस्या

95
VIEWS

बेलडाँडी,
सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गरे संगै हिउँदे झरी शुरू भएको छ ।

हिउँदे झरीका कारण जनजीवन प्रभावित बन्नुका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले तीन दिनका लागि खोलिएको खरखडाई समेत प्रभावित बनेको छ।

कञ्चनपुरका विभिन्न ठाउँमा अाज राति देखि परेकाे झरीले खरखडाईमा जानेहरूलाई समस्या पारेको छ । निम्न वर्गका स्थानीयहरू यस्तो मोसमका बाबजुद समेत खरखडाईमा जान बाध्य बनेका छन् ।

सोही प्रणालीका कारण आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही पानी पर्न थालेको छ । भने देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

सुदूरपश्चिम र कर्णालीका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन थालेको छ। हिमाली भेगमा भने मंललबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

यसैगरी विभागले यसपालिको हिउँदमा ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको जनाएको छ । विभागको तथ्यांकअनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो ।

सन् १९९१ देखि २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो । तर यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा ०.१ मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार