लालझाडीका बाढीपिडितको बिचल्ली, खान बस्न समस्या

76
VIEWS

लालझाडी,
लगातार तीन दिन देखि परेको अबिरल बर्षाका कारण दोदा नदीमा आएको बाढी गाउँमा पस्दा लालझाडी गाउँपालिकामा सयौं घर डुबानमा परेपछि उनीहरुलाई खान बस्न समस्या भएको छ ।

स्थानीय सरकारले उनीहरुको समस्यालाई खासै ध्यान नदिदा उनीहरु विचल्लीमा परेका छन् । घर भित्र पानि पसेर पानि र हिलो जमेका कारण घर फर्कने अवस्था नरहेको अवस्थामा स्थानीय सरकारले खान बस्नको समस्या समाधान नगरिदिदा आफुहरु विचल्लीमा परेको स्थानीयले बताएका छन् । तत्कालका लागि सुख्खा खाना र शुद्ध पानीको मात्र ब्यवस्थापन गरिदिए केहि हद सम्म राहत हुने स्थानीयहरुले जनाएका छन् । लालझाडीमा १, २, ३, ४ र ५ नम्बर वडामा बाढीले ठुलो क्षती गरेको छ ।

गाउँपालिकाका अध्यक्ष निर्मल रानाले भने आफु अहिले पनि बाढीपीडितको व्यवस्थापनमा खटिरहेको जनाए । उनले भने अहिले सबैलाई भेट्न सक्ने अवस्था समेत नरहेको आफु समेत स्थानीय बासीन्दाकै उद्धारमा खटिरहेको जनाउदै सबैका समस्या समाधान गरेर जाने बताए । यस्तै पुनर्वासमा समेत ११८ घर धुरी डुबानमा परेका छन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार