लालझाडी बाढी प्रकरण ः स्थानीय सरकार लगायतार उद्धार र राहत व्यवस्थानमा

लालझाडी,
लगातार तीन दिन देखि परेको अबिरल बर्षाका कारण हिजो दोदा नदीमा आएको बाढी गाउँमा पस्दा लालझाडी गाउँपालिकामा सयौं घर डुबानमा परेपछि उनीहरुको उद्धार तथा ब्यवस्थापन, राहतमा स्थानीय सरकार लागि परेको छ ।

घर भित्र पानि पसेर पानि र हिलो जमेका कारण घर फर्कने अवस्था नभएका नागरिकहरलाई सम्वन्धित वडालाई व्यवस्थापनको जिम्मा दिएको लालझाडी गाउँपालिका प्रमुख निर्मल रानाले पश्चिम समाचारलाई जानकारी गराउनु भयो । उहाँका अनुसार बढी गाउँपस्ना साथ हामी निरन्तर जनताको उद्धारमा लागि परेका थियौं मानविय क्षतिहुनबाट जोगाउन सफल भएका छौं । यति जनताको काम गर्दा समेत केहि मिडियाले स्थानीय सरकारले वेवास्ता गर्यो भनेर समाचार आउदा दुःख लाग्छ, ती मिडियाका साथीहरुले यहाँ आएर बस्तुगत स्थिति बुझेर समाचार बनाएको भए हुन्थ्यो । पुरै जनप्रतिनिधीको टोली आ आफ्नो वडामा उद्धारमा खटिएदा समेत केहि व्याक्तिको चित्त नबुझेको हुन सक्छ, त्यत्रो पानी आउदा हामी सबै बाढी पिडित हौं । यति बेला मानव धर्म सबै पक्षमा हुनुपर्नेमा जोड दिए ।

राहतका लागि स्थानीय सरकारले सक्ने हदैसम्मको प्रयास गर्ने जनाउदै, भित्र्याउन तयार भएको बालीमा पानी पस्दा क्षति भएको छ । आज जिल्ला प्रमुखले यसै विषयमा बोलाउनु भएको छ । राहत व्यवस्थापनको लागि जोडदार मागगर्ने समेत उहाँले जनाउनु भयो । ४ नं. वडामा खोलाका कारण बाटोघाटो बन्द भएको छ बैकल्पीक बाटो व्यवस्थापनका लागि टोली परिचालन गरेका छौ उनले भने । लालझाडीमा १, २, ३, ४ र ५ नम्बर वडामा बाढीले ठुलो क्षती गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित