बेलडाँडी, माघ ८ । बेलडाँडी गाउँपालिका वडा नं. २ कार्यालयले आउँदो मङ्गलबार वडाका ५५ जना भन्दा बढी बृद्धबृद्धालाई चिसोबाट बच्न कम्बल वितरण गर्ने भएको छ । आ.व. २०८१÷०८२ को जेष्ठ नागरिक सम्मान शिर्षकमा विनियोगित बजेटबाट कम्बल वितरण गर्ने कार्यक्रम तय भएको वडा सदस्य रमेश चनाराले जानकारी गराउनु भयो ।
उहाँका अनुसार, “यो कार्यक्रम बृद्धबृद्धाहरुलाई चिसोका कारण हुने समस्या र कठिनाइलाई केही हदसम्म कम गर्नको लागि गरिएको हो । बृद्धबृद्धालाई केही राहत होस् भन्ने हिसाबले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।“
कम्बल वितरण कार्यक्रम माघ ८ गते विहान १२ बजे बाट सुरु हुनेछ । यस अवसरमा ८० बर्ष भन्दा माथीका ५५ जना भन्दा बढी बृद्धबृद्धालाई कम्बल प्रदान गरिनेछ । यस कार्यक्रमको उद्देश्य उनीहरूको जीवनस्तरमा सुधार ल्याउनु र चिसोबाट बचाउन सहयोग पुर्याउनु हो ।
जेष्ठ नागरिकका लागि कम्बल वितरण कार्यक्रमले ठूलो राहत हुने विश्वास गरिएको छ । यसले वृद्धवृद्धालाई सर्दी र चिसोबाट बच्न मद्दत गर्नेछ, जसको सकारात्मक प्रभाव समुदायमा पर्ने आशा गरिएको छ ।
Discussion about this post