भूमि समस्या समाधान आयोग कञ्चनपुरको अध्यक्षमा पन्त

बेलडाँडी । भूमि समस्या समाधान आयोग जिल्ला समिति कञ्चनपुरको अध्यक्षमा नेत्र प्रकाश पन्त नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले पन्तलाई जिल्ला अध्यक्षमा नियुक्ती दिएको हो ।

नेकपा एमाले कञ्चनपुरका युवा प्रभावशाली नेता पन्तलाई भूमि आयोगको जिम्मेवारी दिएको हो । भूमि मन्त्री बलराम अधिकारीले पन्तलाई नियुक्ती पत्र दिएका हुन् । भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ८ को उपदफा (१) को खण्ड (क) बमोजिम पन्तलाई कञ्चनपुरको अध्यक्षमा नियुक्त गरिएको हो ।

उक्त आदेशको दफा ८ का उपदफा (३) बमोजिमको पदावधि कायम हुने जनाइएको छ । आयोगका सदस्यहरु केही दिनमा नियुक्त गर्ने तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित