देउवा पक्षले भोलि बिहान ८ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलायो

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले भोलि माघ ३ गते शनिबार बिहान ८ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगरमा बस्नेछ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनअनुसार देउवा पक्षले बैठक आह्वान गरेको हो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यहरू तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थिति रहने जनाइएको छ।

पार्टीको वर्तमान राजनीतिक अवस्था, आन्तरिक संगठन तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ। केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित सूचनामार्फत सम्बन्धित सबैलाई बैठकमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित