बेलौरी । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ अन्तर्गत बेलौरीमा चुनावी सरगर्मी बढ्दै गएको छ। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी हालसम्म ११ जनाले आधिकारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार दलगत तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएसँगै क्षेत्र नं. १ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ। उम्मेदवारी दर्ता गराउने सबै उम्मेदवार पुरुष रहेका छन्।
उम्मेदवारी दर्ता गराउनेहरूको सूची यस प्रकार रहेको छः
नेपाल मजदुर किसान पार्टी – कटक बहादुर शाही (६५), कञ्चनपुर, बेलौरी नगरपालिका-१
मंगोल नेशनल अर्गनाइजेसन – हुम बहादुर गुरुङ (४३), रूपन्देही, देवदह नगरपालिका-७
प्रगतिशील लोकतान्त्रिक पार्टी – देपेन्द्र बहादुर शाही (४४), कालिकोट, नरहरिनाथ गाउँपालिका–६
राष्ट्रिय स्वतन्त्र पार्टी – जनक सिंह धामी (५५), कञ्चनपुर, बेलडाँडी गाउँपालिका–४
राष्ट्रिय जनमोर्चा – राजा राम डगौरा चौधरी (४९), कञ्चनपुर, बेलौरी नगरपालिका–९
उज्यालो नेपाल पार्टी – माइकल तामाङ (३२), कञ्चनपुर, पुनर्वास नगरपालिका-२
स्वतन्त्र – यादव सिंह (२७), कञ्चनपुर, पुनर्वास नगरपालिका-१०
राष्ट्रिय प्रजातन्त्र पार्टी – दिल्ली बहादुर शाही (६४), कञ्चनपुर, बेलौरी नगरपालिका-१
नागरिक उन्मुक्ति पार्टी, नेपाल – कृष्ण बहादुर चौधरी (४०), कैलाली, गोदावरी नगरपालिका-८
स्वतन्त्र – अनिल राना (२७), कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-४
नेपाल कम्युनिष्ट पार्टी (एमाले) – तारा लामा तामाङ (५२) कञ्चनपुर, पुनर्वास नगरपालिका-३
अझै काँग्रेस, नेपाल कम्युनिस्ट पाटीले उम्मेदवार दर्ता गर्न अझै बाकी छ ।



















Discussion about this post