कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को विकासमा महत्वपूर्ण योगदान दिएका तारालामा तामाङ पुनः प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन् । यस क्षेत्रको समग्र विकासमा निर्णायक भूमिका खेलेका तामाङ अहिले पुनः जनताको मत माग्दै घरदैलो अभियानमा सक्रिय छन् ।
यसअघि पनि नेपाली काँग्रेस र तत्कालीन माओवादीसहितको गठबन्धनलाई परास्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका तामाङ जनताबाट प्रत्यक्ष अनुमोदन पाएका नेता हुन् । तर, जेनजी आन्दोलनका कारण राजनीतिक परिस्थितिमा आएको परिवर्तनसँगै उनको कार्यकाल पूरा हुन नपाउँदै देश पुनः निर्वाचनतर्फ गयो । सोही कारण अधुरो कार्यकाल र अधुरा विकास योजनालाई पूरा गर्ने संकल्पसहित तामाङ फेरि जनतामाझ आएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुअघि तामाङ सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रीको जिम्मेवारीमा समेत रहेका थिए । अर्थमन्त्रीको हैसियतमा रहँदा उनले कञ्चनपुर क्षेत्र नं. १ को विकासलाई प्राथमिकतामा राख्दै पुल–पुलेसा, सडक सञ्जाल, स्वास्थ्य सेवा, खेलकुद पूर्वाधार तथा शैक्षिक सुधारका लागि उल्लेखनीय बजेट सुनिश्चित गराएका थिए ।
उनकै पहलमा यस क्षेत्रमा सडक विस्तार, पुल निर्माण, स्वास्थ्य संस्था र खेलकुद तथा विद्यालयको भौतिक संरचना सुधारका कामहरू अघि बढेका थिए । साथै, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने उद्देश्यले मठ, मन्दिर, गुम्बा र चर्चजस्ता धार्मिक संरचनामा समेत बजेट विनियोजन गरिएको थियो ।
“मेरो कार्यकाल पूरा हुन सकेन, काम बीचमै रोकियो,” तामाङ भन्छन्, “त्यही अधुरोपन पूरा गर्न पार्टीले पुनः विश्वास गरेर टिकट दिएको हो, अब जनताको साथ पाए अधुरा योजना पूरा गरेरै छोड्छु ।”
स्पष्ट विचार, सरल बोली र विकासप्रति दृढ प्रतिबद्धता बोकेका तामाङलाई क्षेत्रका मतदाताले ‘काम गरेर देखाएको नेता’ का रूपमा लिने गरेका छन् । चुनावी माहोल तातिँदै जाँदा अघिल्लो कार्यकालमा मन्त्री र सांसदका रूपमा गरेका कामकै कारण कञ्चनपुर-१ मा तारालामा तामाङप्रति जनचासो र समर्थन बढ्दै गएको देखिन्छ । अधुरा सपना पूरा गर्ने अठोटसहित पुनः मैदानमा उत्रिएका तामाङ यसपटक पनि जनताको भरोसामा पुनः संसद् भवन प्रवेश गर्ने तयारीमा छन् ।
























Discussion about this post