भोलि बेलौरीमा रास्वपाको चुनावी कोण सभालाई रमेश प्रसाईले सम्वोधन गर्दै, जनक धामीलाई थप बल पुग्ने अपेक्षा

बेलौरी । परिवर्तनको नारासहित चुनावी मैदानमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि दिउँसो ४ः३० बजे बेलौरी बजारको तौला राना चोकमा बृहत् कोणसभा आयोजना गर्ने भएको छ। उक्त सभालाई पार्टीका सह–प्रवक्ता तथा समानुपातिक उम्मेदवार रमेश प्रसाई ले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार जनक सिंह धामी को सचिवालयका अनुसार सभामा वर्तमान राजनीतिक अवस्था, जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र रास्वपाको आगामी कार्ययोजनाबारे विशेष जानकारी गराइनेछ। परिवर्तनको पक्षमा रहेका आम मतदाता, समर्थक तथा शुभेच्छुकलाई कार्यक्रममा उपस्थित हुन आह्वान गरिएको छ।

रास्वपाले युवापुस्ताको आकांक्षा र जनताका अपेक्षालाई केन्द्रमा राख्दै चुनावी अभियानलाई तीव्र बनाएको छ। पूर्ण जनादेश प्राप्त भए छोटो समयमै सुशासन र पारदर्शिताको आभास गराउने दाबी गर्दै पार्टी देशभर “जय घण्टी” अभियानमा जुटेको छ।

पार्टीले सामाजिक अभियन्ता, चिकित्सक, युवा महिला, दलित, आदिवासी जनजाति तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधिलाई उम्मेदवार बनाउँदै समावेशी र नयाँ पुस्ताको नेतृत्व प्रस्तुत गरेको जनाएको छ। ३५ वर्षे युवालाई प्रधानमन्त्रीको रूपमा अघि सारिएको विषयले विशेषगरी युवामाझ उत्साह थपेको देखिन्छ।

कञ्चनपुरका तीनै क्षेत्रमा पूर्व पत्रकारहरूलाई उम्मेदवार बनाएको रास्वपाले क्षेत्र नं. १ मा जनक सिंह धामीलाई अघि सारेको छ। लामो समय सामाजिक सरोकारका विषयमा सक्रिय धामीको सार्वजनिक छवि स्वच्छ रहेको दाबी समर्थकहरूको छ।

धामीले “एकपटक परिवर्तनको पक्षमा मत दिएर हेर्न” मतदातासँग आग्रह गर्दै जनताको अपेक्षाअनुसारको समृद्ध नेपाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार यस क्षेत्रको विगतमा एउटै अनुहार दोहोरिने इतिहास नरहेको सन्दर्भमा यसपटक मतदाता नयाँ विकल्पतर्फ आकर्षित हुने संकेत देखिएको छ। भोलि हुने कोणसभालाई कञ्चनपुर क्षेत्र नं. १ मा रास्वपाको चुनावी अभियानलाई थप उर्जा दिने कार्यक्रमका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित