जनलहरले उत्साहित बने सह-प्रवक्ता प्रसाई, जनक सिंह धामीलाई अग्रिम बधाई

कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सह-प्रवक्ता रमेश प्रसाई कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-१ मा पुगेर चुनावी माहोल बुझ्दा जनतामा परिवर्तनको पक्षमा उल्लेख्य उत्साह र उमंग देखिएको बताएका छन्।

जनताको बढ्दो समर्थन देखेर प्रसाईले रास्वपा उम्मेदवार जनक सिंह धामीलाई अग्रिम बधाईसमेत दिएका छन्।
चुनावी माहोल बुझ्न क्षेत्र नम्बर-१ पुगेका प्रसाईले रास्वपाप्रति देखिएको जनलहरले आफू अत्यन्त उत्साहित भएको प्रतिक्रिया दिए। “जनताको ऊर्जा र विश्वासले परिवर्तनको संकेत स्पष्ट दिएको छ,” उनले भने, “यही उत्साहले जनक सिंह धामीको विजय सुनिश्चित हुने देखिन्छ।”

प्रसाईले अब देशको नेतृत्व नयाँ पुस्तामा जाने दाबी गर्दै ३५ वर्षे युवाले छिट्टै प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने वातावरण बनेको उल्लेख गरे। उनले सबै मतदातालाई घण्टी चुनाव चिह्नमा मतदान गरी परम्परागत राजनीतिलाई परास्त गर्न आह्वान गरे।

उनले धामीबारे छुट्टै बयान आवश्यक नभएको भन्दै जनताकै उत्साह र समर्थनले उम्मेदवारको लोकप्रियता प्रष्ट देखिएको बताए। “मैले भन्दा यहाँको जनताको उमंगले धेरै कुरा बोलिसकेको छ,” प्रसाईले भने।

रास्वपाले कञ्चनपुर-१ मा बढ्दो जनसमर्थनलाई आगामी परिवर्तनको आधारका रूपमा लिएको जनाएको छ। स्थानीय स्तरमा देखिएको जनलहरले चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित