शपथपछि मात्रै रास्वपाले संसदीय दल नेता चयन गर्ने

काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपा  ले नवनिर्वाचित सांसदहरूको शपथपछि मात्रै संसदीय दल नेता चयन गर्ने भएको छ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार सांसदहरूको शपथ सम्पन्न भएपछि मात्रै दल नेता चयनलगायतका प्रक्रिया अघि बढाइनेछ।

संघीय संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने तयारी गरिरहेको छ। सो प्रक्रिया सकिएपछि मात्रै रास्वपाले संसदीय दल नेता चयन गर्ने जनाएको छ।

रास्वपाले फागुन २१ को निर्वाचनमा बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनाव लडेको थियो। उनलाई संसदीय दल नेता बनाउन पार्टीले विधान संशोधन गर्नुपर्ने अवस्था रहेको बताइएको छ।

‘सांसदहरूको शपथपछि मात्रै दल नेता चयन प्रक्रिया अघि बढ्छ,’ प्रवक्ता झाले बताएका छन्। उनले रास्वपा प्रक्रियागत रूपमा नै अघि बढ्ने स्पष्ट पारे।

रास्वपाले झन्डै दुई तिहाइ सिट जित्दै १८२ सांसदसहित स्पष्ट बहुमत हासिल गरेको छ। अब पार्टीले एकल सरकार गठन गर्ने तयारी गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित