भानुभक्त ढकाललाई एमालेको सङ्गठन विभागको जिम्मेवारी दिने तयारी

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीको सङ्गठन विभागको जिम्मेवारी सचिव भानुभक्त ढकाल लाई दिने तयारी गरेको छ।

अध्यक्ष ओलीले तयार पारेको नेताहरूको जिम्मेवारी बाँडफाँटको खाका अनुसार ढकाललाई सङ्गठन विभाग प्रमुखको जिम्मेवारी दिने प्रस्ताव गरिएको हो।

सङ्गठन विभागमा रहने अन्य सदस्यहरूमा विशाल भट्टराई, सुजिता शाक्य, पार्वत गुरुङ, तिलकुमार मेन्याङ्वो तथा माधव ढुङ्गेल लगायतका नेताहरूको नाम समावेश गरिएको छ।

एमालेले पार्टीको आन्तरिक संरचना थप प्रभावकारी र सशक्त बनाउने उद्देश्यसहित विभिन्न विभागहरूको जिम्मेवारी हेरफेर गर्ने तयारी गरिरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित