सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त, आजै शपथ ग्रहण

काठमाडौं । पूर्व गृहमन्त्री सुधन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त भएका छन्। उनको पद तथा गोपनीयताको शपथ आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद गरेको विषयमा प्रश्न उठेपछि उनीमाथि चौतर्फी दबाब बढेको थियो।

रकमको स्रोतबारे प्रश्न उठेपछि गुरुङले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दाबी गरेका थिए। बढ्दो आलोचनाबीच उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी २६ दिनमात्र गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।

यस विषयमा छानबिन गर्न मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए।

समितिले अध्ययन तथा छानबिनपछि गुरुङमाथि लागेको आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै सफाइ दिएको थियो। ४५ पृष्ठ लामो प्रतिवेदनमा गुरुङको चल–अचल सम्पत्तिलाई वैध ठहर गरिएको छ। साथै, सम्पत्ति विवरणमा देखिएका केही त्रुटिलाई व्यक्तिको कमजोरी नभई राज्यको कमजोर प्रणालीका कारण भएको भन्दै व्याख्या गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित