निजी भ्रमणका लागि मुस्ताङ जाँदै प्रधानमन्त्री बालेन पोखरा पुगे

कास्की । निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार दिउँसो स्थलमार्ग हुँदै पोखरा आइपुगेका छन्।

प्रधानमन्त्री शाह पोखरा पुगेपछि आज राति पोखरानजिकै रहेको अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बस्ने कार्यक्रम रहेको बताइएको छ।

प्रधानमन्त्रीको आगमनलाई ध्यानमा राख्दै रिसोर्ट तथा आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

निजी भ्रमणका क्रममा प्रधानमन्त्री शाह मुस्ताङ जाने कार्यक्रम रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित