कैलालीका छात्रा विद्यालयमै बेहोस हुन थालेपछि विद्यालयमा नै ग्रहशान्ति पुजा

कैलाली

 

कैलाली जिल्लाको घोडाघोडीनगरपालिका वडा नम्बर ४ रामपुरको राष्ट्रिय माध्यमिक विद्यालयमा छात्रा विद्यालयमै बेहोस हुन थालेपछि ग्रहशान्ति को लागी विद्यालयमा ग्रहशान्तिको पूजा लगाइएको छ।

यही मङ्गलवारदेखि छात्रा बेहोस हुन थालेपछि निराकरणको उपायस्वरूप पूजा लगाएको बताएका छन । विद्यालय सञ्चालक समितिका अध्यक्ष बमबहादुर सिंहका अनुसरा ६ देखि १० कक्षा पढ्ने अधिकांश छात्रामा बेहोस हुने, कराउने र बर्बराउने समस्या देखिएको छ।अभिभावकको सल्लाह अनुसार नै विद्यालय परिसरमा छात्राको ग्रहशान्तिका लागि पूजापाठ तथा होम गरिएको विद्यालयले बताएको छ।

 

उक्त समस्या समाधानका लागि विभिन्न उपाय अपनाउँदा पनि ठिक नभएपछि सबैको सुझाव अनुसार शान्तिपूजा लगाइएको भनाइ हो।अभिभावक तथा अन्य सबैबाट पूजा गर्न दबाब आएपछि मङ्गलवार विधि विद्यान अनुसार पूजा सम्पन्न गरिएको जानकारी छ। घोडाघोडी नगरपालिकामा ५१ वटा सामुदायिक विद्यालय छन्।

 

अधिकांश विद्यालयमा छात्रा बेहोस हुने, बर्बराउने, चिच्याउने समस्या देखिएको छ। घोडाघोडी नगरपालिका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंहले कक्षा ७ देखि माथिको कक्षामा अध्ययन गर्ने छात्रामा त्यस्तो समस्या देखीएको बताएका छन ।
पहाडबाट बसाइँसराइ गरी आएका समुदायका छात्रामा यस्तो समस्या बढी देखिएको बताइएको छ। थारू समुदायका छात्रामा भने त्यस्तो कुनै समस्या देखिएको छैन।

 

यो कुनै आध्यात्मिक शक्ति तथा देवी देउता भूतप्रेतले भन्दा पनि छात्रा बेहोस हुने समस्या मानसिक कारण हुन सक्ने शिक्षा शाखा प्रमुख सिंहको भनाइ छ। पारिवारिक समस्या, आफूलाई अप्ठ्यारो लागेको विषयमा गृहकार्य नगर्ने, शिक्षकको सजायबाट डराउने, कसैले केही भन्छ कि भन्ने डरसँगै कमजोर मानसिकताका कारण छात्रा बेहोस भएको हुने सक्ने बताइन्छ।पछिल्लो समय विद्यालयमा पुग्ने बित्तिकै छात्रा बेहोस हुने, कक्षाकोठामा चिच्याउने, बर्बराउने समस्या बढ्दै गएपछि नगरपालिकाले मनोपरामर्शकर्ता पठाउने गरेको छ।

 

शिक्षा प्रमुख सिंहले एउटा विद्यालयमा एकहप्तासम्म मनोपरामर्शकर्ताले सहजीकरण गर्ने गरेको र सहजीकरणपछि केही कम हुँदै गएको बताए। तर विद्यालयका शिक्षक र अभिभावक भने मनोपरामर्श शिक्षा दिनुको सट्टा पूजा लगाउने, झाँक्री बोलाउने जस्ता अन्धविश्वासमा पर्ने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित