बेलडाँडीमा कानकाटेर गहना लुटेको आरोपमा एकजाना लुटेरा गाउँलेको फन्दामा (भिडियो सहित)

बेलडाँडी-बेलडाँडी गाउँपालिका वडा नं.५ झिलमिला बरमेली टोल नजिक एक जना महिलाकको कान च्यातेर गहाना र नगद पैसा लुटेको आरोपमा गाउँलेले एक जनालाई घेराहाली छोपेका छन् ।

 

हिजो राती करिब ८ बजेको समयमा बेलडाँडी गाउँपालिका वडा नं.३ कमरी बस्ने राम बहादुर राना अन्दाजी बर्ष ४५ कोले झिलमिला बरमेली टोल बस्ने मिना राना मगरको घरमा गई कानका गहाना र घर भित्रबाट ५० हजार चोरेको आरोपमा गाउँलेले धान खेतमा राती १० बजे तिर रानालाई समातेपछि प्रहरीलाई खवर गरेको बेलडाँडी ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

गाउँले र प्रहरीले धान खेतमा रानालाई समान्दा उनी संग न पैसा न गहाना भेटेका थिए । प्रहरीका अनुसार आरोपित रानाले हिड्नै नसक्ने गरी नशा सेवन गरेको अवस्थामा फेला पारेको बताए । घटना बारे थप अनुसन्धान भइरहेको बेलडाँडी इलाका प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक नवराज पाण्डेयले जानकारी गराउनु भयो ।

कान च्यातिएकी महिलाको अहिले उपचार भइरहेको छ भने, आरोपी राना बेलडाँडी प्रहरीको नियन्त्रणमा छन् ।

भिडियो सहित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित