जङ्गली च्याउ खाँदा बैतडीमा एकै घरका ५ जना बिरामी

बैतडी:

जङ्गली विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना बिरामी परेका छन् ।

 

बिरामी पर्नेमा सुर्नया गाउँपालिका–३ तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उहाँकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा १० वर्षीय भुवन, पाँच वर्षीय छोरा दशरथ र सात वर्षीया छोरी शारदा लगाएर एकै परीवारका ५ जना बिरामी भएका प्रहरीले जनाएको छ ।

स्थानीय जङ्गलबाट ल्याएको च्याउ खाएपछि पाँचै जना बिरामी भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी गराएका छन । उनीहरूलाई उपचारका लागि स्थानीय वासुलिङ्ग स्वास्थ्य चौकी लगिएकोमा त्यहाँ सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा लगेर भर्ना गरेर उपचार भईरहेको प्रहरीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित