नौगाड गाउँपालिका अध्यक्ष सवार गाडी दुर्घटना

दार्चुला :

नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार गाउँपालिकाको जिप दुर्घटना भएको छ ।

 

जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश न ३९०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड गाउँपालिका वडा नम्बर ३ बगड जामिरमा दिउसो साढे १२ बजेतिर दुर्घटना भएको हो ।

 

जिप दुर्घटनामा परी चालक जय भान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने नौगाड गाउँपालिका अध्यक्ष धामीलाई सामान्य घाईते भएको जनाईएको छ ।

घाइते दुबैलाई उपचारका लागि धनगढी लगिएको छ । उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित