विद्यालयमा कुर्सीबाट खसेर गम्भीर घाइते भएका बेलडाँडीका शिक्षकको उपचारका क्रममा मृत्यु

बेलडाँडी, ०७ मंसिर । बेलडाँडी गाउँपालिका वडा नं ५ मा रहेको गणेश माध्यमिक विद्यालयका शिक्षक शंकर चिमाडीको विद्यालयमा पढाउने बेला एक्कासी कुर्सीबाट लडेर गम्भीर घाइते भइ उपचारकै क्रममा आज मृत्यु भएको छ ।

४ दिन देखि अचेत अवस्थामा रहेका उनलाई नवजिवन अस्पताल धनगढीमा उपचार गरिदै थियो । ४ गते स्कुलमा कुर्सीमा बसेका बेला कुर्सीबाट लडेर टाउकोमा चोट लागेको थियो । लडेर टाउकोमा गम्भीर चोट लागेपछि नशामा रगत जमेको अस्पताल श्रोतले जनाएको थियो । टाउकोको अप्रेशन पश्च्यात पनि उनलाई होस नआएपछि उनको आज विहान ६ बजे तिर मृत्यु भएको कुरुवामा खटिएका शिक्षक बम बहादुर बुढाले जानकारी गराउनु भयो ।

 

उहाँका अनुसार सरलाई अचेत अवस्थामा अस्पताल पुर्याएको र डक्टरको सल्लाह अनुसार उपचार गराउने क्रममा वहाँको आज बिहान मृत्यु भएको बताए । मृत्यक शिक्षकका २ छोरी १ छोरा रहेका छन् । उनलाई बचाउनका लागि साथीभाइहरुले आर्थिक संकलन स्वस्र्फुत गरिरहेका थिए । उनको आर्थिक अवस्था नाजुक भएकाले अझै आर्थिक संगलन गरि कर्ज तिर्ने बातावरण मिलाइदिनु पर्ने साथीसंगिको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित