राप्रपा आन्दोलनकारीद्वारा किसान नेता सहिद भीमदत्त पन्तको सालिक  तोडफोड

कञ्चनपुर , ८ मंसिर

किसान नेता सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरिएको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर स्थानीय पार्कमा रहेको सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरिएको हो । शुक्रबार महेन्द्रनगरमा दिउँसो राप्रपा कञ्चनपुरले गणतन्त्र बिरुद्धमा बिरोध प्रर्दशन कार्यक्रममा सहभागि आन्दोलनकारीले सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेका हुन ।

 

उनीहरुले गणतान्त्रिक व्यवस्थामा राजावादी, राज परिवारको ईतिहास मेटाएको भन्दै सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेका थिए । पार्क भित्र ०७३सालमा स्थापना गरिएको सालिक तोडफोड गरेर पुर्व राजा महेन्द्रको सालिक राख्ने भन्दै तोड्न थालेपछि प्रहरीले रोकेका थिए ।
आन्दोलनकारी राप्रपाका नेता कार्यकर्ताहरुले सालिकमा आनशिक क्षति पु¥याएका छन ।

 

किसान जननेता भीमदत्त पन्त १० मंसिर १९२६ मा जन्मिएका थिए । सहिद भीमदत्त पन्तको जन्मको दुईतीन अघि सालिक तोडफोड गरिएपछि किसानकै छोरा किसान नेताको जन्मदिनको दुई दिन अघि राप्रपा सहितका राजावादी समुहले सालिक तोडफोड गरेको बिरोधमा विभिन्न राजनीतिक दल, पक्षले भत्र्सना जाहेर गरेका छन ।

 

उनीहरुले सालिक तोडफोड गर्ने अराजक व्यक्ति समुहमाथि कार्बाहीको माग अघि सारेका छन ।राप्रपा कञ्चनपुरका नेता करन पालले आफुहरुको किसान नेता भीमदत्त पन्तको सालिक तोड्ने उदेश्य योजना नभएको बताए ।

 

‘हाम्रो आन्दोलन शान्तिपुर्ण नै थियो, ‘उनले भने, ‘एकाएक उत्तेजित भिडले तोड्यो, यो दुखत पनि हो, यस बारेमा हामी थप समिक्षा गछौँ ।’ राप्रपा नेता पालले कसैको ईतिहासलाई मेटेर कसैको स्थापित गर्न नहुने तर्क राखेका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शान्तिपुर्ण लोकतान्त्रिक बिधी पदती अनुरुप हुने आन्दोलनमा अराजक गतिबिधी बिरुद्धमा कार्बाहीको चेतावनी दिएको छ ।

 

कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले सालिक तोडफोडमा संलग्न राप्रपा कार्यकर्ता नरेश कार्की सहितका तीन जनालाई पक्राउ गरिएको बताए । एसपी थापाले शान्तिपुर्ण आन्दोनलको मौकाछोपेर अराजक गतिबिधी गर्न नपाईने भन्दै थप संलग्नको खोजिभईरहेको बताए ।

 

राप्रपा नेता कार्यकर्ताहरुले पक्राउ परेका नेता कार्यकर्ताहरुलाई निसर्त रिहाईको माग अघि सारेका छन । उनीहरुले निसर्त रिहाई नगरे शनिबारदेखि आन्दोलनको चेतावनी दिएका छन । राप्रपाले वर्तमान व्यवस्थामा अराजता भनिरहेका बेला अन्य दलहरुले आफैबाट अराजकता हटाएर लोकतात्रिक बन्न आब्हान गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित