जाजरकोटको दुर्गम ठाउँमा टिकटकर आयुष र एलिजेले पुर्याए राहत

जाजरकोट । चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर एलिजेह जमाली (एलिजे)ले मंगलबार जाजरकोटको सबैभन्दा दुर्गम ठाउँमा पुगेर भूकम्प पीडितका लागि राहत वितरण गरेका छन् ।

झण्डै २० लाख बराबरको राहत बोकेर जाजरकोट पुगेका उनीहरूले कुसे गाउँपालिका डाँडाभौता भेगका १ सय ६५ घरधुरीलाई खाद्यान्न तथा नगद सहित राहत वितरण गरेका छन् । साथै, सो क्षेत्रका ३ सय ६५ जना विद्यार्थीका लागि न्यानो कपडा समेत वितरण गरिएको उनीहरुले जनाएका छन् ।

प्रत्येक घरधुरीमा १/१ बोरा चामलसहित दाल, नुन, तेल लगायतको प्याकेज वितरण भएको कुशे–३ का वडाध्यक्ष बीरबहादुर बुढाले जानकारी गराउनु भयो । विद्यार्थीहरूका लागि एक दर्जन कापी, कलम, ज्याकेट र सुरुवाल वितरण गरिएको बताए ।

भौगोलिक हिसाबले अत्यन्तै दुर्गम सो क्षेत्रमा भूकम्पपछि पालमात्रै पुगेको भन्दै वडाध्यक्ष बुढाले एलिजे र आयुषले राहत ल्याएकोमा खुसी व्यक्त गरे । ‘यअसघि पालमात्रै आएको थियो । दुईपटक गरेर ७५ बोरा चामल मात्रै आइपुगेको थियो,’ अध्यक्षले भने, ‘दुर्गम र विकट भएका कारणले यहाँकोही आउन पनि चाहेका थिएनन् । बाटो पनि निकै कष्टपूर्ण थियो । निकै दुःख पाएर उहाँहरु आइपुग्नुभयो । उहाँहरुप्रति हामी कृतज्ञ छौँ,’ अध्यक्ष बुढाले भने ।

आयुष र एलिजेसमक्ष स्थानीयले आफूहरूको समस्या दर्शाएका थिए । स्थानीयले आफ्नो बाटोको बारेमा विश्वलाई जानकारी गराएर त्यहाँको विकासका लागि पहल गरिदिन समेत उनीहरूलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित