बेलडाँडी, १३ मंसिर । कञ्चनपुरको बेलडाँडीमा घर बनाउने क्रममा सिढी भत्केर एक मिस्त्रीको मृत्यु भएको छ ।
बेलडाँडी गाउँपालिका–३ खैरीघाटमा हिजो घरको सिढी भत्केर बेलडाँडी गाउँपालिका–३ बैवाहाका घर बनाउने मिस्ती ठेकेदार २८ वर्षीय सन्तोष डगौराको मृत्यु भएको बेलडाँडी गाउँपालिका–३ का वडाखअध्यक्ष दुर्गाप्रसाद चौधरीले जानकारी गराउनु भयो ।
उहाँका अनुसार हिजो मंगलवार दिउँसो प्रसाद गिरीको घर बनाउने क्रममा ढलाई गरिसकेको सिढी सेट हुन नपाउदै खोल्दा भत्केर च्यापिदा मृत्यु भएको बताए । सन्तोषको शव पोस्टमार्टमका लागि धनगढी सेती प्रादेशीक अस्पतालमा राखिएको बताए ।
Discussion about this post