कैलाली:
कैलालीको लम्कीमा बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । बिहिबार साँझ पपश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहोन्याल गाउँपालिका ७ का ३७ बर्षिय डम्बर बहादुर विष्टको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।
लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर चोकमा पैदलयात्रा गरीरहेको समयमा बसले ठक्कर दिदा गम्भीर घाईते भएका बिष्टलाई उपचारको लागि लालरत्न अस्पताल लगीएको थियो ।त्यहाँ उपचार सम्भव नभएपछी थप उपचारको लाई विष्टलाई नेपालगञ्ज मेडीकल कलेज कोहलपुर रिफर गरिएको थियो ।
घाईते बिष्टको उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा रहेका छन ।यसैबीच, बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
महेन्द्रनगरबाट काठमाडौँ गइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
बस चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।
Discussion about this post