डडेल्धुरामा एकजना मृत फेला

43
VIEWS

डडेल्धुरा:

डडेल्धुरा बसपार्क नजिक एकजना मृत फेला परेका छन् । बगरकोट रोडमा रहेको अजयमेरु फ्रेस हाउसका संचालक ३५ वर्षीय शेर शाहु मृत फेला परेका छन् ।

 

शाहुको घर अजयमेरु गाउँपालिका वडा नम्बर ३ चनाली रहेको प्रहरीलेबताएका छन् ।फ्रेस हाउसको तल्लो तलामा उनको डेरा रहेको र शाहु आफ्नै डेरामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताएका छन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार