सुदूरपश्चिम महोत्सवको टिकट मोवाईल वालेट खल्तीबाट खरिद गर्न सकिने

कैलाली:

सुदूरपश्चिम महोत्सवको टिकट खल्तीबाट खरिद गर्न सकिने भएको छ । कैलाली उद्योग बाणिज्य संघको आयोजनामा यहि मंसिर २२ गतेदेखि पुष २ गतेसम्म लाग्ने महोत्सवको प्रवेश शुल्क मोवाईल वालेट खल्तीबाट खरिद गर्न सकिने भएको छ ।समयको माग, दर्शकको भिड र सुरक्षालाई मध्यनजर गर्दै यस बर्षको टिकट खल्तीबाट बिक्रि गरिने आयोजक कैलाली उद्योग बाणिज्य संघले बताएको छ ।

 

अघिल्लो बर्षसम्म प्रत्यक्ष महोत्सव स्थलको गेटमा कागजी टिकट विक्री गर्दै आएको आयोजकले यस बर्षदेखि दर्शकको सहजताका लागि मोबाइलबाटै टिकट खरिद गर्न सक्ने व्यवस्थामिलाईएको जनाएको छ ।

 

यस बर्षको महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु ५० र साधारणालाई रु १०० तोकेको छ भने फरक क्षमता भएका व्यक्तिहरुको लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ ।आफ्नो मोबाइलमा भएको खल्तीको एपमा गई दिइएको निर्देशन अनुसार घरमै बसी मोबाइलबाटै टिकट बुक गर्न सकिने छ ।

 

सुदूरपश्चिम महोत्सवको यो १७ औं संस्करणको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित