संघीय संसद सचिवालयका एक कर्मचारीमाथि उनकै सहकर्मीले गरे हातपात

17
VIEWS

काठमाडौं :

संसद सचिवालयका कर्मचारीमाथि आफ्नै सहकर्मीले हातपात गरेका छन् ।मंगलबार संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले शाखा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेको सचिवालय स्रोतलेजनाएको छ ।

 

उपसचिव गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाएको विषय बढ्दै जाँदा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेको स्रोतले बताएका छन् ।संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले उक्त घटना आफ्नो जानकारीमा रहेको प्रतिक्रिया दिए ।

 

यो विषयमा सभामुख देवराज घिमिरेले पनि दुवै कर्मचारीलाई बोलाएर छलफल गरेको स्रोतको दाबीगरेको छ ।सचिवालयका एक अधिकारीका अनुसार बिहान ११ बजे तण्डुकारको कार्यकक्षमा प्रवेश गरेका उपसचिव गैरेले ‘मैले गरेको काम बिगार्ने तैं होइनस्’ भन्दै झापड हानेका थिए ।

 

संसद सचिवालयकै स्वास्थ्य शाखामा स्वास्थ्य जाँच गर्दा कुटपिट पुष्टि भएको ती अधिकारीको भनाइ छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार