बेलडाँडीबाट लागू औषधसहित ३ जना पक्राउ

बेलडाँडी/२१ मंसिर । बेलडाँडीमा ३ जनालाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ ।

 

हिजो बुधबार दिउँसो बेलडाँडी गाउँपालिका-३ बैवाह कालिपुलियाबाट १ दशमलव ९३० ग्राम अवैध लागू औषध खैरो हेरोइन सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेहरूमा बेलडाँडी गाउँपालिका-२ बस्ने १८ वर्षीय किशोर साउद, कृष्णपुर नगरपालिका-५ बस्ने १९ वर्षीय शिवराज भट्ट र शुक्लाफाँटा नगरपालिका-११ बस्ने २३ वर्षीय अर्जुन रावत रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरीले साइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित