त्रिभुवन विमानस्थलमा ६ किलो ५६५ ग्राम सुन बरामद

काठमाडौँ:

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ५६५ ग्राम सुन बरामद गरिएको छ। भन्सार क्षेत्रबाट बाहिरिएसकेपछि प्रहरीको टोलीले सुनसहित दुई विदेशी नागरिकलाई समेत पक्राउ गरेका छन् ।

 

विमानस्थल प्रहरी प्रमुख डिआइजी अर्जुन चन्दले ज्याकेटको जोगीमा बिस्कुट जस्तो गरी डल्लो बनाइ ल्याइएको अवस्थामा सुनसहित इजिप्ट र सुडानका नागरिक पक्राउ गरिएकोजानकारी दिएका छन् ।

 

चन्दका अनुसार उनीहरू शनिवार राती ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरू काठमाडौँ आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित