सुदूरपश्चिम महोत्सव मा आकर्षणको केन्द्र विन्दु थारु समुदाय

कैलाली:

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा आकर्षणको केन्द्र विन्दु थारू गाउँ बनेको छ । थारू समुदायको मौलिक कला, संस्कृतिको संरक्षण एवं प्रवर्धन गर्ने उद्देश्यका साथ राखिएको थारू गाउँ स्थल प्रदर्शनीमा दर्शकहरुको घुँइचो लागेको हुन्छ ।

 

उक्त स्थलमा थारू समुदायमा प्रचलित विभिन्न सामाग्रीहरु राखिएको र थारू गाउँका बारेमा जानकारी दिने उदेश्यका साथ थारू गाउँको प्रदर्शनी भइरहेको प्रदर्शनीका संयोजक हेमन्त चौधरीले बताएका छन् ।उनका अनुसार थारू गाउँ प्रदर्शनी स्थलमा विभिन्न वस्तुको अवलोकनदेखि परम्परागत परिकारको स्वाद लिन सकिने व्यवस्था छ ।

 

घोँगी, ढिक्री, माछा, बङ्गुरको मासुलगायतका परिकारको स्वादसँगै रमाउन सकिन्छ । प्रदर्शनीले लोप हुँदै गइरहेको पुरानो कला, संस्कृतिको संरक्षणमा टेवा पुग्ने छ ।उनले भने, “हाम्रो थारू समुदायको कतिपय संस्कृति, संस्कार, चिजबिज हराइरहेका छन् ।

 

त्यस्तो चिजको संरक्षण गर्ने उद्देश्यले थारू गाउँ प्रदर्शनी गरिएको हो ।”प्रदर्शनीमा थारू सङ्ग्रहालय देखाउन खोजिएको हो । सङ्ग्रहालयमा थारू समुदायको पहिचान र संस्कृति झल्काउने सामाग्री छन् । चिटिक्क परेको माटोको घर छ । त्यहाँ भित्र ढकिया, छिट्नी, लहरू, गोलरा, किल्वाही, खैलर, डोक्नी, करै, सिकहा, टुइयाँ, ढक्ली, डेलवा, पिर्का, सोनकरै, हसियाँ, हेल्का, डिलिया, ढरिया, जाललगायतका सामग्री राखिएको छ ।

 

डोली, डोला, चनडोला प्रदर्शनीका लागि राख्नुका साथै दुई वटा अटुवा पनि तयार पारिएका छन्  ।थारू गाउँको अवलोकनका लागि आएका अवलोकनकर्ताले थारू पहिरन लेहेङ्गा, चोलिया, धोती लगाएर अटुवामा बसी रमाएको संयोजक चौधरी ले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित