बेलडाँडी, १ पुष । संघिस सांसद तारालामा तामाङले बेलडाँडीका जनतासंघ भलाकुसारी तथा चौधर खोलामा निर्माणधिन पुलको अनुगमन गरेका छन् । आफु प्रदेश अर्थमन्त्री भएका बेला पारेको योजनाको अनुगमन गर्दै स्थानीयहरुसंग भेटघाट गरेका हुन ।
आइतवार बेलडाँडी क्षेत्रको अनुगमन गर्दै तामाङले कार्यकर्ता भेटघाट समेत गरेका हुन् । बेलडाँडीका जनताले निकुञ्ज, खुल्ला सिमा, सिमसारका कारण भोग्नु परेको समस्यालाई बारम्वार सदनमा पुर्याउदा समेत सुनुवाई नभइदिएपछि चिन्ता व्यक्त गर्दै अव सबैले सचेत हुनुपर्नेमा जोडदिनु भयो ।
सांसद तामाङलाई बेलडाँडीका जनताले फुलमालाले स्वागत गर्दै दैजी बेलडाँडी सडक खण्ड निर्माणका लागि पहल गरिदिन आग्रह गर्नु भयो ।
दैजी बेलडाँडी हुलाकी सडक खण्डमा ठेक्दारले यहाँका जनतालाई ठुलो धोका दिएको बताउदै समस्या समाधानका लागि पुर्ण पहल गर्ने विश्वास व्यक्त गर्नु भयो ।
Discussion about this post