कञ्चनपुर, पुष २ । कञ्चनपुरको उत्तरी दुर्गमबस्ती खल्लामछेट्टीका स्थानीय र सरोकारवालाविच अन्तरकृया गरिएको छ । सोमबार महेन्द्रनगरमा भीमदत्त नगरपालिका ९खल्लामछेट्टीका स्थानीय र सरोकारवालाविच अन्तरकृया गरिएको हो ।
निडस नेपालद्वारा संचालित गरिएको आप्रवासी परिवारका लागि आर्थिक उत्थानशिल परियोजना कार्यक्तममा समावेस भएका महिला व्यवसायी र जनप्रतिनिधी सहितका सरोकारवालाविच अन्तरकृया गरिएको छ ।
निडस नेपाल आप्रवासी परिवारका लागि आर्थिक उत्थानशिल परियोजना संयोजक अनिला चौधरीले यस अघि परियोजना मार्फत विभिन्न कृषि व्यवसायमा संलग्न रहेका महिलाको व्यवसायी दीगो र आर्थिक रुपमा सक्षम बनाउने सरोकारवालासंग छलफल गरिएको बताए ।
संयोजक चौधरीका अनुसार विभिन्न १० महिला शसक्तिकरण केन्द्र मार्फत विपन्न महिलाहरुको आर्थिक उत्थानशिल कार्यक्तम संचालन गरिएको बताए । कार्यक्तम मार्फत बाख्रा पालन, कुखुरा पालन, व्यवसारिक तरकारी खेती, विभिन्न किराना पसल व्यवसाय तर्फ उन्मुख भएको छन । विभिन्न पेशामा संलग्न रहेका महिलाहरुले सिँचाई बीमा, प्राविधिक समस्या रहेको बताएका छन ।
तरकारी खेती गर्दै आएकी गंगा डोबालले सिँचाई सुविधा नहुँदा समस्या भईरहेको बताईन । मिना बाँदीले बीमामा झन्झट र समस्या भईरहेको बताईन ।
कार्यक्तममा कृषि, पशु, बीमा सहितका जनप्रतिनिधीले खल्लामछेट्टीका विपन्न समुदायको दीगो व्यवसाय संचालनका लागि आ–आफ्नो ठाँउबाट सक्दो सहजिकरण गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
निको ईन्सुरेन्सका प्रतिनिधी बिरेन्द्र बोहरा, व्यवसायिक तथा सीम विकास तालिम केन्द्रका प्रतिनिधी गौरी बुढा, भीमदत्त नगरपालिका कृषि शाखा प्रतिनिधी भागरथी कलौनी, भेटेरिनरी अधिकृत शिवराज भट्ट, कृषि ज्ञान केन्द्रका सुचना अधिकारी हरिदत्त जोशी, भीमदत्त नगरपालिका कार्यपालिका सदस्य अन्जली बोहरा, भीनपा ९ का वडाध्यक्ष गगन नाथले उक्त क्षेत्रका स्थानीयको व्यवसायी दीगो बनाउनका लागि आ–आफ्नो ठाँउबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
निडस नेपाल आप्रवासी परिवारका लागि आर्थिक उत्थानशिल परियोजना ईडिओ मनराज उपाध्यायले सरोकारवाला पक्षसंगै समुदायले हातेमालो गरेर अघि बढनुपर्नेमा जोडदिए । निड्स नेपाल कञ्चनपुरका निवर्तमान अध्यक्ष अन्जु भट्ट(जोशी)ले सस्थाबाट पाईएको स्रोत साधन सीम सदुपयोग गर्र्दै अघि बढ्न्ुपर्नेमा जोडदिईन ।
Discussion about this post