बझाङ र बैतडीलाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउदै

काठमाडौं:

काठमाडौं महानगरपालिकाले बझाङ र बैतडी जिल्लालाई एम्बुलेन्स उपलब्ध गराउने भएको छ।

बझाङ जिल्लाको साईपाल गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउने भएको छ । महानगरपालिकाले असोज ४ गते ३५ वटा एम्बुलेन्स वितरण गर्नका लागि देशभरीका इच्छुक स्थानीय तहलाई विवरण माग गरेको थियो।सोही सुचनाको आधारमा साईपाल गाउँपालिकाले तोकिएको मापदण्ड अनुसार विवण उपलब्ध गराई महानगरपालिका संग एम्बुलेन्स माग गरेकोले महानगरपालिकाले साईपाल गाउँपालिकालाई छनोट गर्दै एम्बुलेन्स दिने निणंय गरेकोहो ।

 

यस्तै बैतडीको सिगास गाउँपालिकालाई पनि महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउने भएको छ।सिगास गाउँपालिकाले पनि एम्बुलेन्स माग गरेकोमा गाउँपालिका छनौट भएको महानगरपालिकाले जनाएको छ।

 

राष्ट्रिय एम्बुलेनस निर्देशिका २०७८ मबोजिम प्रक्रियाहरु अबलम्बन गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट राजश्व छुटको व्यवस्था मिलाएर सम्पुर्ण कागजातसहित महानगरपालिकाको स्वास्थ्य विभागमा सम्पर्क गर्न आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित