सुदूरपश्चिममा काेराेना फेरि फैलिन सक्ने,  खतरा सात जनामा सङ्क्रमण पुष्टि

 पछिल्लो समय कोरोना सङ्क्रमण पुन फैलिने खतरा बडेको छ । केही दिन यता भारतबाट आइरहेकाहरूमा कोरोना सङ्क्रमण देखिन थालेको त्रिनगर हेल्थ डेस्कका इन्चार्ज गणेश साउदले बताएका छन् ।

 

अहिले सम्म भारतबाट आएका सात जनामा कोरोना सङ्क्रमण देखिएको उनले जानकारी  दिएका छन्  ।

सात जना मध्ये बाजुराका १ जना, अछामका १ जना कञ्चनपुरका ३ जना र कैलालीमा २ जना रहेका छन् । भारतबाट आउनेहरू मध्ये अधिकांश बेङ्लोरबाट आउनेहरूमा कोरोना सङ्क्रमण देखिएको उनले जानकारी  दिएका छन्।

 

भारतमा पछिल्लो समय फेरी कोरोना सङ्क्रमणको बढिहरेपछि त्यहाँबाट आउनेहरूसँगै कोरोना सङ्क्रमण भित्रन सक्ने खतरा बढेको छ । अहिले पनि दैनिक रूपमा सयौँ जना भारतबाट नेपाल आइरहेका छन् । उनीहरू मध्ये आधाको मात्रै परीक्षण हुने गरेको छ । ‘

 

हामीले दैनिक ४०\५० जनाको परीक्षण गर्छौ’  इन्चार्ज साउदले भने ‘पछिल्लो केही दिन यता दैनिक रूपमा देखिन थालेको छ । ’ ६ महिना देखी सङ्क्रमण फेला नपरेको सीमा नाकामा केही दिन देखी कोरोना सङ्क्रमण देखिएपछि कडाइ समेत गरिएको छ । अहिले सम्म ७ जना  मध्ये  ४ जनाको स्वाब थप परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

 

कुन भेटियन्ट हो भन्ने विषयमा थप परीक्षण गर्न प्रदेश प्रयोगशालामार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको इन्चार्ज साउदले बताए ।

पछिल्लो समय भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएपछि नेपालमा पनि त्यो भित्रिन सक्ने खतरा बढेको छ । विश्व स्वास्थ्य सङ्गठनले  कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको जानकारी  गराएकाे  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित