हिटर बालेर सुतेका पूर्ववडाध्यक्षको मृत्यु

काभ्रेको नमोबुद्ध नगरपालिकामा हिटर र फलामको कराइमा आगो बालेर सुत्दा पूर्ववडाध्यक्ष ८२ वर्षीय कर्मा ग्याल्बो लामाको मृत्यु भएको छ ।

 

वडानम्बर(१ का पूर्वअध्यक्ष कर्मासँगै सुतेकी उनकी श्रीमती ८१ वर्षीया असनी लामालाई भने बेहोस अवस्थामा अस्पताल भर्ना गरी उपचार भइरहेको काभ्रे प्रहरीले जानकारी दिएको छ ।

राति खाना खाएपछि कोठा न्यानो पार्न हिटर र फलामको कराइमा आगो बालेर उनीहरु सुतेका थिए । बिहान अबेरसम्म पनि नउठे पछि छोरा बुहारीले ढोका खोलेर हेर्दा दुवै जना बेहोस अवस्थामाभटेका थिए ।

तत्काल धुलिखेल अस्पताल पुर्‍याइएकामा बुबा कर्मालाई केहीबेरमा अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । भने लामाकी श्रीमतीको अवस्था मध्यम रहेको र उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी एवम् प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित