प्रमुख जिल्ला अधिकारीको टोलीद्वारा झिलमिला क्षेत्रको नेपाल– भारत सीमा अनुगमन

बेलडाँडी, १२ पुस । कञ्चनपुरको बेलडाँडी गाउँपालिका र शुक्लाफँटा राष्ट्रिय निकुञ्ज अन्तरगत पर्ने नेपाल– भारत सीमा क्षेत्रमा प्रमुख जिल्ला अधिकारी सहितको टोलीले अनुगमन गरेको छ ।

 

प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी नेतृत्वको टोलीले बेलडाँडी गाउँपालिका झिलमिला स्थित नेपाल भारत सीमा क्षेत्रमा रहेका ७८६/१ र ७८७ विचवाला नदिको पुर्वी तिरको पिल्लरको अनुगमन गरेको झिलमिला विओपी प्रमुख मान बहादुर खत्रीले जानकारी गराउनु भयो ।

अनुगमनमा रहेका प्रमुख जिल्ला अधिकारीको टोली बेलडाँडी गाउँपालिका र शुक्लाफँटा राष्ट्रिय निकुञ्ज संगजोडिएको नेपाल– भारत सीमा क्षेत्रमा पर्ने जङ्गे पिलर नं. (७८७) पुरोना २८ नंं.सम्म अनुगमन गर्नका लागि निस्किएपछि प्राविधिक कारणवस उक्त पिल्लर भएको ठाउँ सम्म पुग्न नसकिएको टोलिले जनाएको छ ।

 

अनुगमन टोलीलाई स्थानीयले खुल्ला सिमाका कारण भोग्नु परेको समस्याका बारे ध्यानाकर्षण समेत गराएका हुन । भारतीयहरुले बारम्वार नेपाल तिर जोतिदिने गुनासो बारम्वार आएपछि प्रमुख जिल्ला अधिकारीको टोली अनुगमनमा निस्केको थियो ।

जिल्ला प्रमुख अधिकारीलाई बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले स्थानीय र निकुञ्ज विच सिमाको विवाद भइरहने भएकाले उक्त समस्या समाधानका लागि समेत पहल गरिदिन अनुरोध गर्नु भयो ।

 

अनुगमनमा प्रमुख जिल्ला अधिकारीसँगै बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र राना, उपाध्यक्ष शान्ती नाथ, सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत, सहायक अधिकृत, नेपाली सेना, भारतीय सुरक्षाकर्मी, सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट झिलमिला प्रमुख मान बहादुर खत्री, वडा नंं ४ का वडाध्यक्ष विर बहादुर खडका, वडा नं. ५ का अध्यक्ष इन्द्र बहादुर खडका, बागेश्वरी उपभोक्ता समितिका पदाधिकारी, स्थानीय, लगायतकाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित