कञ्चनपुर, १२
सशस्त्र प्रहरीले कञ्चनपुरको पुनर्वासबाट एक लाख भन्दा बढिको अवैध समान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, पुनर्वास बोर्डर आउटपोष्टले भारतीय नम्बरको मोटरसाईकलमा तस्करी गरिरहेको अवस्थामा अवैध समान बरामद गरेको हो ।सशस्त्र प्रहरी नायब निरीक्षक धन बहादुर चन्द नेतृत्वको टोलीले भारतीय मोटरसाईकल सहित लेडिज कपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल शैलेश्वरी गणका अनुसार १लाख ३० हजार २सय रुपैँया बराबरको अवैध समान बरामद गरिएको छ । भारतीय नम्बर प्लेटको मोटरसाईकलमा तस्करी गरिरहेको ति तस्कर सशस्त्र प्रहरी देखेर फरार भएको जनाईएको छ ।
गत बर्ष सशस्त्र प्रहरी बलका एसपी प्रेम बहादुर रावलले जिल्लाको नेतृत्व सम्हालेपछि तस्करीजन्य गैर कानुनी गतिबिधीमा सशस्त्र प्रहरी सकृय भए लागेको छ । बरामद गरिएको अवैध समान सहित भारतीय तस्करको मोटरसाईकल त्रिनगर भन्सार चलान गरिएको छ ।
Discussion about this post