सुदूरपश्चिम विश्वविद्यालय IT संकायका विद्यार्थीले खाेले महेन्द्रनगरमा डिजी आईटी अनलाईन सेवा

केशव थापा/कञ्चनपुर । कंचनपुरको महेन्द्रनगरमा आइटी क्षेत्रकाे सबै कामका लागि डिजि आईटि अनलाईन सप खुलेकाे छ ।

 

बुधबार सुदूरपश्चिम विश्वविद्यालयमा आइटी संकायमा अध्यनरत विद्यार्थीहरूले मिलेर महेन्द्रनगर बजारकाे गल्ली नम्बर-४ मा डिजी आईटी अनलाइन सप खाेलेका हुन ।

उक्त सेवाकाे एक कार्यक्रमका माझ सिईओ गाेकुल सिंह धामीकाे सभापतित्व र राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश ईन्चार्ज ज्ञानेन्द्र सिंह महताकाे प्रमुख आतिथ्यतामा सपकाे उद्वघाटन गरिएकाे छ ।

अहिलेकाे समय सुहाउदाे आधुनिक समयमा आईटिकाे प्रयाेग गरी सिकेकाे सिपलाई प्रयाेगमा ल्याई स्वराेजगार बन्ने उदेश्यका साथ डिजि आईटि अनलाईन सप प्रा.लि. बाट सेवा प्रदान गरिएकाे सञ्चालन सिईओ गाेकुल सिंह धामीले बताउनु भयाे ।

उनले भने “हामिले पढ्दै, सिक्दै र कमाउदै गर्नु पर्छ भन्ने उदेश्य राखेर अनलाईनका सबै सेवा दिन सपकाे उद्वघाटन गरेका हाै ।”

सेवामा वेव बनाउन, भिडियाे ईडिटिङ, देखिन लिएर समान अनलाईन सपिङ्ग सेवा पनि प्रा.लि मार्फत सेवा दिने उनले बताए ।

`माघ महिनाकाे १५ गते सम्म सेवाामा ३० प्रतिशत छुटकाे व्यवस्था समेत गरिएकाे सिइओ धामीले बताए ।´
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम ईन्चार्ज महताले यसरी पढदै गरेका विद्यार्थीहरूले मिलेर सिकेका कुरालाई व्यवहारमा लागू गर्दै आय आर्जनमा समेत जाेड दिने लक्ष्य राखि थालिएकाे कार्यकाे उच्चा प्रशंसा व्यक्त गर्नु भयाे ।

उनले भने “अहिलेकाे समयमा सिपमुलक शिक्षा बढेर व्यवहारिक जिवनमा लागू गरी आत्मानिर्भर बन्नु पर्ने आवश्यकता रहेकाे बताउदै यस्ताे कार्यकाे शुरूवात गरेकाेमा सुदूरपश्चिम विश्वविद्यालयमा अध्यनरत धामी सहित सम्पुर्ण टिमलाई बधाई तथा व्यवसाय सफलताकाे शुभकामना व्यक्त गर्नु भयाे ।

यस्तै विशिष्ट अतिथि सुदूरपश्चिम विश्वविद्यालयका शिक्षा शास्त्र प्रमुख नेगीले आफ्ना विद्यार्थीले गरेकाे कार्यकाे थालनी प्रती खुसि लागेकाे बताएका छन् । उहाँले “यसरी अहिलेकाे समय सापेक्ष विषय पढदै गरेका विद्यार्थीकाे एक समुहले आय आर्जनमा समेत सिपलाई प्रयाेगमा ल्याउने गरेकाे अभ्यास सुदूरपश्चिम विश्वविद्यालयका लागि एक उदाहरणीय प्रेेणा बनेकाे बताए ।”

उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सुदूरपश्चिम विश्वविद्यालयका शिक्षा शास्त्र संकाय प्रमुख अर्जुन नेगी, उप-प्राध्यापक भागरथी ऐर रहनु भएकाे थियाे, भने अतिथिहरूमा विभिन्न क्षेत्रका प्रमुख तथा प्रतिनिधि र सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित