बेलौरी नगरपालिकाको १२ औ नगरसभा सम्पन्न

माधब पौडेल,२२ पौष।कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयको १२ औ नगरसभा(हिउँदे अधिबेशन )आइतबार सम्पन्न भएको छ।

नगरपालिकाको सभाहलमा आयोजित  १२ औ नगर सभाको सभाध्यक्ष बेलौरी  नगरप्रमुख पोतिलाल चौधरी रहनुभएको  थियो। नगरसभामा आर्थिक बर्ष २०८०/०८१ को बजेट रकम आर्थिक बर्षको आधा समय बितिसक्दा पालिकाले हालसम्म कुल बजेट मध्ये ३२.३५ प्रतिशत खर्च गरेको आर्थिक प्रगति विवरण नगर उप प्रमुख चौधरीले प्रस्तुत गर्नुभएको थियो।

हिउँदे अधिबेशनबाट वडा र नगर योजनाकाहरु आवश्यकता अनुसार संशोधन गर्ने ,आर्थिक ऎन २०८० संशोधन सहित पारित,३ पाङ्ग्रे सवारी साधन बिधेयक २०८० पारित गर्दै सभाबाट ३ सदस्यीय लेखा समिति गठन गरिएको बेलौरी नगरपालिकाका नगर प्रबक्ता हर्कबहादुर भुलले जानकारी दिनुभयो। सभामा उठेका विषयबस्तुमा सभाध्यक्ष पोतिलाल चौधरीले जवाफ दिदै बिकाश निर्माणमा  सबैको हातेमालो जरुरी रहेको बताउदै।

अधिबेशन समापन गर्नुभएको हो। कार्यक्रममा कर्मचारी लगायत स्थानीय सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित