बेलडाँडी, २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीले तीन वडाको एकैदिन अधिवेशन सम्मपन्न गरेको छ । वडा कमिटिहरुले नया कार्यसमति निर्वाचन प्रणाली मार्फत चयन गरिएको बेलडाँडी राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता जनक धामीका अनुसार बेलडाँडी पार्टीले १,२ र ३ नं. वडाको हिजो सनिवार वडा कमिटि निर्वान प्रणाली मार्फत चयन गरेको बताए । उहाँका अनुसार वडा नं.१ मा कृष्ण बहादुर शाहीको सभापतित्वमा ९ सदस्यीय, वडा नं.२ मा हिमाल ओखेडाको सभापतित्वमा ९ सदस्यीय र वडा नं.३ मा विर बहादुर रावलको सभापतित्वमा ९ सदस्यीय कार्य समिति चयन गरिएको बताउनु भयो ।
तीन वटै वडामा निर्वाचन मण्डल खडा गरि निर्वाचन मण्डल मार्फत नयाँ कार्य समिति घोषण गरि सफत समेत खुवाइएको थियो । वडा नंं १ मा जसु भट्ट, वडा नं.२ मा कमला भटट् र वडा नं.३ मा चन्द्रा ऐर निर्वाचन प्रमुख रहेका थिए ।
बेलडाँडी पालिका भरी ७ सयको हाराहारीमा सदस्यता भएको राष्ट्रिय स्वतन्त्र पार्टीका बेलडाँडी सभापति तेज सिंह धामीले जानकारी गराउनु भयो । उहाँका अनुसार ३ सय पैतिसले प्रकृया पुर्याएर सदस्यता लिइएको र ३ सय भन्दा बढी सदस्यको प्रकृया नपुगे कारण प्रकृयाको बाटोमा रहेको बताए ।
पछिल्लो समयमा बेलडाँडी लगायत देश भर स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढेको छ । कुनै पार्टीले समेत देशमा खासै परिवर्तन नल्याउन सकेको भन्दै यसपार्टी प्रति जनविश्वास बढ्न थालेको छ ।
बेलडाँडीका ४ र ५ वडामा २८ गते अधिवेशन गरिने तयारी रहेको समेत बेलडाँडी पार्टीले जनाएको छ ।
Discussion about this post