कर्णालीमा प्रदेश स्तरीय वातावरणीय अध्ययन सम्बन्धि ५ दिने तालिम सम्पन्न

कर्णली । कर्णालीप्रदेशको राजधानी सुर्खेतमा वातावरणिय अध्ययन सम्बन्धि ५दिने तालिम सम्पन्नभएको छ । कर्णालीप्रदेश उधोग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत वन अनुसन्धान तथा तालिम केन्द्र र युएसएआइडी जलजंगलको संयूक्त आयोजनमा संचालित तामिल सम्मपन्न भएको छ ।

 

प्रदेश वन अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक राजेन्द्र बासुकलाको सभापतित्वमा भएको तालिमको उद्घाटन कर्णालीप्रदेश उधोग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार बि.सी ले गरेका थिए । कर्णाली प्रदेशका १० वटै जिल्लाबाट डिभिजन वनअधिकृत, घरेलु तथा उपभोक्ताहित संरक्षण अधिकृत, प्रदेश वन निर्देशालयका निर्देशक, उधोग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक, भु –संरक्षण तथा जलकार्यलय जुम्ला र सुर्खेतका अधिकृत र प्रदेशमा रहेका विभिन्न मन्त्रालयबाट अधिकृत स्तरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

प्रशिक्षार्थीहरुलाई कर्णाली प्रदेश उधोग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिब डा. बिनोद प्रसाद देबकोटा,कानुन अधिकृत खगेन्द्र कुमार खत्री,वनअधिकृत निरज श्रेष्ठ, युएसएआइडी जलजंगल परियोजना प्राबिधिक निर्देशक नारायण बेल्वासे, कर्णाली भु–परिधिटिम लिड भुपेन्द्र शाही, वातावरण विद निरञ्जन श्रेष्ठ लगायतले सहजिकरण गरेको युएसएआइडी जलजंगल परियोजनाका बरिष्ठ कार्यक्रम अधिकृत बिनोद कुमार शाहीले जानकारी गराउनु भयो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृण्ण कुमार बि.सी ले भने “जैबिक विविधता एवम प्रकृति संरक्षणका कार्यक्रमहरु संघ, प्रदेश र स्थानीयतहका सरकार बिच समन्वय र सहकार्य हुन जरुरी रहेको बताए ।” यस्तै कार्यक्रमका विशिष्ट अतिधि डा. बिनोद प्रसाद देबकोटाले भने “कर्णाली प्रदेश अन्य प्रदेशको तुलानमा जैविक विविधताले भरिपूर्ण प्रदेश भएपनि जैविक विविधता, प्रकृति संरक्षण र विकास निमार्णका कार्यहरुलाई संगसंगै गर्नलाई चुनौतीपूर्ण भएको र कतिपय विकास निमार्णका कार्यहरु वातावरण अध्ययन विनै गर्नाले वन संरक्षण र दिगो विकासमा थप चुनौति रहेको बताउनु भयो ।”

 

कार्यक्रममा सहभागीहरुले विकास निर्माणका कार्यहरु गर्दा वातावरणिय पक्षहरु महत्तवपूर्ण भुमिकाहुने, वातावरणिय पक्षलाई ध्यान दिदाविकास निर्माणका कार्यहरु दिगोहुनुका साथै वातावरणिय कानुनको प्रभावकारी कार्यन्वयनका लागि समेत तालिमको औचित्यता रहेको जनाए । तालिममा सहभागि प्रशिक्षित सहभागीहरुलाई सचिब डा. बिनोद प्रसाद देवकोटाले प्रमाण पत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित