बेलडाँडीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

केशब थापा/बेलडाँडी । कञ्चनपुरको बेलडाँडीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । बेलडाँडी गाँउ पालिकाको आयोजनामा १४औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको हो ।

 

शुक्ररबारदेखि सरस्वती माध्यमिक विद्यालय झरना सागरको प्राङ्गणमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ ।
जिल्ला स्तरीय प्रतियोगिताका लागी खेलाडी छनौट गर्न उक्त प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्धाटन सुदूरपश्चिम प्रदेशका माननीय  दिवान सिंह बिष्टले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका प्रदेश माननीय बिष्टले भने “यस खेलबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुनुपर्दछ भन्देै सहभागी खेलाडीलाई शुभकामना दिएका छन् ।” उनले खेलप्रेमीहरुका लागि प्रदेशबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

पालिका अन्तर्गतका ९ वटा विद्यालय बीच प्रतियोगिता सुुरु भएको जनाइएको छ । छात्र र छात्रा गरी ९ वटा बिधामा तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ । यसका लागि सातवटै मावि गरी डेढ सयभन्दा बढी खेलाडीहरुले सहभागीता जनाएका छन् ।

प्रतियोगितामा छात्र र छात्रातर्फ सञ्चालन हुनेछन् । गाउँपालिकामा विद्यालयस्तरमा प्रतिस्पर्धा भएर छनौट भएका खेलाडीले फाल्गुन पहिलो साता जिल्लामा हुने प्रतियोगितामा सहभागी हुनेछन् ।

बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश्चन्द्र रानाको सभापतित्व रहेको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक एवम् विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित