नेपालगन्ज देखि काठमाडौं जाँदै गरेकोे बस दाङ्गमा दुर्घटना, १२ जनाको मृत्युु २३ घाईते

दाङ्ग । पुर्व पश्चिमी राजमार्ग अन्तरगत दाङ, देउखुरीको राप्ती गाउँपालिका(१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । भने दुर्घटनामा परी २३जना घाइते छन् । घाइते मध्य ४ जनाको अबस्था गम्भीर रहेको जिल्ला जिल्ला प्रहरीले दाङका डि।एस।पि।जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

 

मल्लका अनुसार बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गए राति पुलबाट तल राप्ती नदीमा खसेको थियो ।दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज लगिएको छ ।

प्रहरीका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । मृतकहरुको सनाखत भएको छैन ।बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । बसमा ३६ जना यात्रु रहेको मल्लको भनाइ छ ।बस दुर्घटनामा मृत्यु भएका १२ मध्य ८ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेहरुमा बाँके नेपालगंञ्जका ६० बर्षिय कुसुम बस्नेत, मकवानपुर हेडौडाका सौरब बिष्ट, काठमाडौ चन्द्रगिरी १५ का ताराकान्त पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्ले जानकारी दिनुभयो । यस्तै मृत्यु हुनेमा जम्ला श्रीढुस्का ९ निवासी मनुबहादुर रावत, बाँकेका रामवरण हरिजन,रुकुम गोतामकोट ९ का दिपक कामी भारत बिहारका योगेन्द्र राम र भारत उत्तर प्रदेशका अतिकुल्ला खैरेको सनाखत भएको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो ।मृतक मध्य अब ४ जनाको सनाखत हुन बाँकी छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गए राति पुलबाट तल राप्ती नदीमा खसेको थियो दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको हो । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज लगिएको छ ।प्रहरीका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित