बेलडाँडीको बैवाहमा माघी मिलन कार्यक्रमको आयोजना

बेलडाँडी, २ माघ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं.३ मा माघी मिलन सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । ” हमर रिति हमर संस्कृति इहिन जगेर्ना कर्ना हमर साझा अभियान” भन्ने मुल नाराका साथ थारु समुदायको ठुलो पर्व माघको अबसरमा माघी मिलन सांस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

हमर माघी मिलन समिति बेलडाँडी ३ बैवाहको आयोजना तथा वडा कार्यालय, गाउँपालिकाको पर्वद्धनमा कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष जयराम चौधरीले जनकारी गराउनु भयो । थारु समुदायको कलासंस्कृति, रितिरिवाज र पहिचानलाई स्थापित गर्न माघी कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पालिका अध्यक्ष हरिशचन्द्र रानाले भने ” थारू संग्राहलयमा चर्पी, खानेपानीको तुरून्त व्यवस्थापन गर्ने जनाउदै क्रमिकरूपले बिकास निर्माणका कार्य भईरहेको बताए ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि शान्ति नाथले संस्कृति जगेर्ना संगै अब थारू जनजाति पछि नपरेको बताए । उनले पालिका अध्यक्ष हरिशचन्द्रलाई इङ्कित गर्दै भने “हेर्नुस थारूको छोरो पालिका प्रमुख भएको छ त्यसैले कोही पछाडी परेको छैन् उहाले भन्नू भयो ।”

वडा नं १ का अध्यक्ष गज बहादुर बिष्टले बेलडाँडी ३ मा बनी रहेको थारू संग्रहालयमा पालिकाबाट हुने सहयोग आफ्नो तर्फबाट हुने बताउदै शुभकामना ब्यक्त गर्नु भयो । वडा नं. २ का अध्यक्ष नारद सिह उर्यालले माघि पर्वको शुभकामना दिदै यसको संरक्षणमा जोड दिनु भयो ।

 

वडा नं. ३ का अध्यक्ष दुर्गा प्रसाद चाैधरीले थारू धर्म संस्कृति संरक्षणमा सबै पक्षको जोड रहनु पर्ने बताए । उनले माघि पर्वको बारेमा जानकारी गराउदै यसको महत्त्वको बारेमा चर्चा समेत गर्नु भयो ।
वडा नं. ५ का अध्यक्ष इन्द्र बहादुर खडकाले शुभकामना दिदै धर्मको संरक्षण संगै कृषिमा वडा नं ३ ले गरेको विकासको प्रशंसा गर्नु भयो ।

कार्यक्रमको अबसरमा बेलडाँडी गाउँपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि हरिशचन्द्र राना, उपाध्यक्ष शान्ती नाथ, गाउँपालिका प्रवक्ता गज बहादुर बिष्ट लगायत वडाअध्यक्ष, सदस्यहरु, बरघर, अगुवा, बुद्धिजिबी समाजसेवीहरु रहेको कार्यक्रमको संचालन कालुराम चाैधरी र बसन्ती चाैधरीले गरेका थिए ।
स्थानीय कलाकार तथा विद्यार्थीहरुको संस्कृतिक प्रस्तुति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित