हाम्रो भोजनालय महेन्द्रनगरद्धारा माघी विशेष अफर : सयको खाना थालमै ‘स्कुटी’ उपहार

कञ्चनपुर । कञ्चनपुर महेन्द्रनगर गल्ली नं.४ मा रहेको हाम्रो भोजनालयले माघी विशेष स्कुटी अफर कार्यक्रम ल्याएको छ ।

 

भोजनालयले ग्राहकहरु मध्येबाट एक जनालाई माघी विशेष अफरका रुपमा १२५ सीसीको टिभीएस ‘स्कुटी’ उपहार दिने भएको छ । आठ वर्षदेखि ग्राहकहरुलाई एक सय रुपैँयामा खाना खुवाउँदै आएको हाम्रो भोजनालयले यस पटक माघी विशेष अफरका रुपमा एक जना भाग्यशाली विजेतालाई ‘स्कुटी’ उपहार दिने ‘स्किम’ ल्याएको छ ।

 

हिजो माघ १ गतेदेखि खाना खाने ग्राहकहरुको नाम नोट गरिन थालेको छ । हाम्रो यहाँ खाना खाने भाग्यशाली एक जनाले ‘स्कुटी’ जित्न सक्ने भोजनालयका सञ्चालक चक्र प्रसाद मिश्रले जानकारी गराउनु भयो ।

हाम्रो भोजनालयमा खाना खाने ग्राहकहरुको माघ १ गतेदेखि क्रमशः नाम र फोन नम्बर राखिने र पछि त्यहि ‘सिरीयल नम्बर’ का आधारमा निष्पक्ष रुपमा गोलाप्रथाबाट विजेता घोषित गरिने बताए ।

उहाँका अनुसार यो ‘स्किम’ १२० दिन सम्म चल्ने बताउदै धेरै भन्दा धेरै मान्छे समेटिनुपर्छ भन्ने आफुहरुको उद्देश्य रहेको जनाए । ‘हामीले पहिले पनि ग्राहकहरुका लागि धेरै पटक उपहार स्किमहरु ल्याएका छौं ।

पछि कसैले थाहाँ नै पाएनौं, हामी पनि आउथ्यौं लगायतका कुराहरु राख्न नपरोस भनेर १२० दिन सम्मका लागि यो स्कुटी उपहार स्किम ल्याएका हौं उहाँले भन्नु भयो ।’

 

भोजनालयले ग्राहकलाई खुसि पार्न र कार्यक्रम निष्पक्ष सम्पन्न गर्न विभिन्न सर्तहरु समेत तयार गरेको छ । यो अफर नेपाली नागरिककालागि मात्रै मान्य हुँने समेत भोजनालयले जनाएको छ ।

हाम्रो भोजनालयले सुरुवाति चरणदेखि नै १०० रुपैँयामा नै ग्राहकलाई खाना खुवाउदै आइरहेको छ । प्रत्येक वर्ष यस्ता उपहार ‘स्किमहरु’ समेत राख्दै आएको छ । हाम्रो भोजनालयमा अन्य ठाउँका भन्दा सस्तो र मिठो खाना पाउने गरेको सेवाग्राहीहरु बताउछन् ।

भोजनालयले यस भन्दा पहिला सुनको सिक्का, चाँदीको सिक्का, ल्यापटप, मोबाइल उपहार लगायतका ‘स्किम’ सञ्चालन गरिसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित