सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर सिटी बसपार्कमा टिकट काट्ने विषयमा दुई यातायात प्रालिका कर्मचारी बीच झडप भएको छ ।
झड्पमा एकजना यातायात व्यवसायी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगरमा भखरै सञ्चालनमा आएको ‘भिजिट कर्णाली यातायात’ प्रालिका कर्मचारीमाथि शनिबार बिहान संयुक्त यातायात व्यवसायीमा आवद्ध केही व्यक्तिहरुले हातपात गरेको जनाइएको छ ।
बुलबुले गेट नजिकै रहेको काउन्टरमा टिकट काटिरहेका बेला हातपात भएको भिजिट कर्णाली यातायातले जनाएको छ । त्यसपछि दुई समूहबीच झडप भएको थियो ।
एक्कासी आएर हाम्रा कर्मचारीमाथी हातपात गरियो,’ भिजिट कर्णाली यातायातका प्रकाश खड्का भन्छन्, ‘यी पुराना व्यवसायीहरु संयुक्त यातायातका नाममा सिन्डिकेट लगाएका छन् ।
नयाँ आउँने प्रतिस्प्रधी व्यवसायीहरुमा चौतफी प्रहार गर्दै आएका छन् ।’दुई समूहको झड्पपछि रत्न राजमार्गमा चल्ने साना तथा ठूला सवारीसाधन ठप्प भएका छन् ।
घटनास्थलमा ठूलो संख्यामा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता कृष्णबहादुर खड्काले जानकारी दिए ।
‘घटनास्थलमा ठुलो मात्रामा प्रहरी परिचालन गरेका छौं । दुई समूहलाई एक ठाउँमा राखेर विवाद समाधानको प्रयास भै रहेको छ,’ प्रवक्ता खड्काले भने ।
Discussion about this post