लाल बहादुर एस के/पुनर्वास । “नयाँ पुस्तालाई प्रोत्साहन , पुराना पुस्तालाई सम्मान” भन्ने मूल नाराका साथ पुनर्वास नगरपालिका २ मोतीबस्तीमा नगर स्तरीय माघी महोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
नगर स्तरीय भलमन्सा समितिले आयोजना गरेको उक्त कार्यक्रममा थारु समुदायको लोक संस्कृति र पहिरनको झल्को देखिएको छ । थारु समुदायको संस्कृति र पहिचानको जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष झै यो पटक पनि को कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
नगर भलमन्सा समितीका अध्यक्ष सुम्मन चौधरीको अध्यक्षतामा र नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्य भएको उक्त कार्यक्रममा निवर्तमान मेयर ,उप मेयर ,वडा अध्यक्षहरु , विभिन्न राजनितीक दलका प्रतिनिधि ,शिक्षक , समाजसेवी बुद्धिजीवी लगायत जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो ।
नगर प्रमुख तोय प्रसाद शर्माले माघी पर्वको ठुलो महत्व रहेकोले पर्वलाई समुदायको अभिन्न अंगको रुपमा बुझ्नुपर्ने बताउनु भएको छ। संस्कृति एक प्रकारको सामाजिक शिक्षा हो। यस्ता अवसरले समाज अध्ययन गर्नमा सहयोग पुर्याउने बताउनुभयो ।संस्कृतिको संरक्षण गर्नु पर्ने बताउदै नगरपालिकाको तर्फबाट सहयोग गर्न तत्पर रहने समेत बताउनु भयो ।
निवर्तमान नगर प्रमुख जीवन राज थापाले संस्कृतिक रुपमा सबैभन्दा धेरै महत्त्व बोकेको जनजाति समुदाय र त्यसमा पनि थारु समुदाय विशेष रहेको बताउनु भयो । लामो समयको क्रान्ति त संघर्षबाट हलिया र कमैया जस्ता कुपर्थाका जन्जिर तोड्दै आफ्नो संस्कृत र पहिचान जोगाउन सफल भएको बताउदै थारु समुदायको उत्थानका लागि निर्वाह गरेको भुमिकाको उच्च मुल्यांकन गर्दै सम्मान प्रदान गरेकोमा कृतज्ञता रहेको बताउनुभयो ।
निवर्तमान नगर उप प्रमुख शारदा बिष्ट धामीले हरेक समुदायले आ-आफ्नो संस्कृतिको सरक्षण गर्नुपर्ने बताउदै सामाजिक सत्भाव र एकता कायम राख्न महत्त्वपूर्ण रहने बताउनुभयो । थारु समुदायले संस्कृतिको जगेर्ना गरेको देख्दा गर्व महसुस भएको जनाए । आयोजकले प्रदान गरेको सम्मान प्रति आभारी रहेको बताउनुभयो ।
माघ महिना केवल पर्वका रूपमा मात्रै सिमित नभएर समुदायको संरक्षण लागि नेतृत्व चयन पनि गरिने र थारु सम्बत अनुसार नयाँ वर्ष पनि हुने गरेको पुनर्वास नगरपालिका २ का पुर्व वडा अध्यक्ष सन्त कुमार चौधरीले बताउनुभयो । समाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान प्रदान गरेकोमा आयोजक लाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो ।
भने कार्यक्रममा थारू समुदायको कला, लोक संस्कृती र भाषा साहित्य लगायत विभिन्न झाँकी कला संस्कृतिहरुको प्रदर्शन , प्रस्तुति गरेका थियो । कार्यक्रममा स्वागत मनतव्य मोतिबस्तिका भलमन्सा राम कुमार चौधरी ले दिनुभएको थियो भने संचालकमा दुर्गा चौधरी र सावित्रा चौधरी रहनुभएको थियो ।
Discussion about this post