दैजी-बेलडाँडी सडक खण्ड र चवन्नी वजारलाई लक्षित गर्दै टेलिकम टावर निर्माणका लागि ठाउँको सर्वे

बेलडाँडी । बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी वजार र दैजी-बेलडाँडी सडक खण्डको बिच जंगल सम्म नेटवर्क पुग्ने गरि नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालयले सर्वे थालेको छ ।

 

केही वर्षयता देखि नेटवर्कका कारण सास्ती झेल्दै आएका चवन्नी वजारका सेवाग्राहीको समस्यालाई लिएर टावर निर्माण गरिदिन बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना, वडा नं. २ का अध्यक्ष नारद सिह उर्याल र चवन्नी वजार व्यवस्थापन समितिका अध्यक्ष ललित खत्री, चवन्नी वजारका व्यापारीहरुको टोलीले अलग-अलग ज्ञापन पत्र बुझाएका थिए । सोही अनुसार आज टेलिकमको प्राविधिक टोली इन्जिनियर सुशील जोशीको नेतृत्वमा सर्बे कार्य भएको थियो ।

बेलडाँडी वडा नं.२ को विभिन्न ठाउँमा उक्त टोलीले सर्वे गरेको पालिका अध्यक्ष हरिशचन्द्र रानाले जानकारी गराउनु भयो । उहाँका अनुसार लामो समय देखि चवन्नीका व्यापारीहरुले नेटवर्कका कारण भोग्नु परेको समस्या अन्त्यका लागि ठाउँ देखाउने कार्य भएको जनाए ।

यस्तै चवन्नी वजार व्यवस्थापन समितिका अध्यक्ष ललित खत्रीले चवन्नी वजारका व्यापारीले भोग्नु परेको समस्या अन्त्यका लागि पहल भइरहेको जनाए । चवन्नी वजारमा नेपाल टेलिकमको नेटवर्कले काम कहिले नगरेको जनाए ।

सर्बे कार्यमा बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र राना, वडा नं.२ का अध्यक्ष नारद सिह उर्याल, चवन्नी वजार व्यवस्थापन समितिका अध्यक्ष ललित खत्री, नेपाल टेलिकम प्रादेशिक कार्यालयका इन्जिनियर शुसिल जोशी, वडा सदस्य करन राना, समाजसेवी पवन जोशी, प्रकाश माली लगायतकाहरु रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित