बेलडाँडी गाउँपालिका प्रमुखद्धारा पालिका भित्रका विकासी योजनाको अनुगमन

बेलडाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका प्रमुख राना सहितको टोलीद्धारा पालिका भित्रका विकासी योजनाको अनुगमन गरेका छन् । पालिका भित्र संचालनमा रहेका योजनाको पालिका प्रमुख हरिशचन्द्र राना, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र प्रकाश थारु, प्राविधिकटोली सहितले पालिका भित्र संचालनमा रहेका योजनाको अनुगमन गरेका हुन ।

बेलडाँडी गाउँपालिका वडा नं.५ किसान माध्यवर्ती सामुदायिक वनमा रहेको गौशालाको पुर्ननिर्माण कार्य र चौधर खोला नजिक महाकाली सिंचाइको नहरसंगै जोडिएर बन्न लागेको वालको टोलीले अनुगमन गरेको हो ।

पालिका र प्रदेशको साझेदारी कार्यक्रम अन्तर्गत विनियोजित बजेटको ठेक्का पाएको दोगडा भूमिराज कन्ट्रक्सनले निर्माण गरिरहेको चौधर खोला किनार लगभग २ सय मिटर वालसंगै, माटो भरान, ग्रावेल कार्यको अनुगमन गरिएको पालिका प्रमुख हरिशचन्द्र रानाले जानकारी गराउनु भयो । उहाँका अनुसार गौशालामा चिसोका कारण गाइबस्तु नमरुन भनेर गौशाला पुर्ननिर्माण गरिएको बताए ।


भइरहेको काम सन्तोषजनक भएको पालिका प्रमुख रानाले बताउनु भयो । उहाँले भने “निर्माण हुन लागेका योजनाको सबैपक्षबाट अनुगमन हुन जरुरी रहेको जनाउदै स्थानीयले समेत उक्त कार्यमा चासो दिनु पर्ने बताए ।” बेलडाँडीलाई विकासमुखी बनाउन सबैपक्षको साथ, सहयोग र सुझाव रहनु पर्नेमा जोड दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित